सरकारी गाडीको दुरुपयोग गर्दै प्रदेश ५ का गृहसचिव चितवनमा जन्तीमा मस्ती
चितवन – प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव (गृह सचिव) शंकर प्रसाद खरेल सरकारी गाडी चढेर चितवन जन्ती आएका छन् । अङ्ग रक्षकसहित लु१झ ४११ नम्बरको सरकारी गाडी चढेर चितवनमा जन्ती आएपछि उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लिएर खरेल आज चितवनको भरतपुर ९ मा रहेको रोज गार्डेन पार्टी प्यालेसमा जन्ती आएका थिए । अङ्ग रक्षक सहित सरकारी गाडीमा जन्ती आएको प्रहरीमा उजुरी परेपछि गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । खरेल चढ्ने सरकारी स्कर्पियो भ्यान सहित उनका निजी अङ्ग रक्षक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको भएपनि अङ्ग रक्षकलाई भने छोडेको छ ।
तपाइँको प्रतिक्रिया