प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षाको स्वास्थ्य पनि सामान्य

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भएको छ। प्रत्यारोपणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पाँच घण्टा लामो शल्यक्रिया गरिएको थियो।
प्रत्यारोपणपछि गरिएको परीक्षणमा यूरिन सपोर्ट भएको चिकित्सकहरुले बताएका छन्। चिकित्सकहरुका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाव पास भएको छ। उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। मिर्गौला दिने समीक्षाको स्वास्थ्य पनि सामान्य रहेको जनाइएको छ। यस अघि २०६४ साउनमा भारतको एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
तपाइँको प्रतिक्रिया