चितवन – पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को आगामी सोमबार विमोचन हुने भएको छ । यथार्थवादी सामाजिक विषयवस्तुका कथाहरु समेटिएको कथासङ्ग्रह अक्षर समूह चितवनले एक कार्यक्रमकाबीच विमोचन गर्न लागेको समूहका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो ।
द नारायणी रिसोर्ट गैँडाकोटमा आयोजना हुने बिमोचन कार्यक्रमको प्रमुख अतिथि लघु कथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन रहनुहुनेछ । दशवटा कथा रहेको कुमाता ११२ पेजको रहेको छ । कथासङ्ग्रहको मूल्य दुई सय रुपियाँ राखिएको छ ।पत्रकार तथा कथाकार पराजुलीले आफ्ना कथामा सामाजिक विषयवस्तुहरु समेटिएकाले पाठकले मन पराउने विश्वास व्यक्त गर्नुहुन्छ । भूँडिपुराण प्रकाशन प्रालिले कुमाता कथासङ्ग्रह बजारमा ल्याएको हो । लामो समयदेखि चितवनमा पत्रकारिदा गर्दै आउनु भएका पत्रकार पराजुलीको यो पहिलो साहित्यिक कृति हो ।

