प्रधानमन्त्रीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको र त्यो सफल भएको चिकित्सकहरुले बताएका छन् । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको हो।
प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन्।अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो।
तपाइँको प्रतिक्रिया