ब्याडमिन्टनको विश्व वरीयतामा प्रिन्सको ऐतिहासिक छलाङ

काठमाडौं – ब्याडमिन्टनको विश्व वरीयतामा नेपालका युवा स्टार प्रिन्स दाहाल ऐतिहासिक छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लूएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा उनी १०औं स्थानमा उक्लिएका छन् ।
बीडब्लूएफ नयाँ वरीयतामा प्रिन्स एक स्थान सुधार गर्दै शीर्ष १० मा रहन सफल भए । उनले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो । साथै विश्व वरीयताको शीर्ष १० मा पुग्ने उनी एक्ला नेपाली ब्याडमिन्टन खेलाडी हुन् ।
प्रिन्स हाल जर्मन जुनियर इन्टरनेसनल सिरिजका लागि जर्मनीका छन् ।
तपाइँको प्रतिक्रिया