पुर्वी चितवनको एक कपडा पसलमा आगलागी
चितवन – पुर्वी चितवनको खैरहनीमा एक सिरक डसना कपडा पसलमा आगलागी भएको छ । खैरहनी नगरपालिका ८ पर्सा बजारमा स्थित रुक्सना खातुनको मुस्कान सिरक डसना कपडा पसलमा आज (मंगलबार) आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी एक नारायण कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार आज साँझ ७ बजे बिद्युत सर्ट भई उक्त पसलमा आगलागी भएको हो । पसलमा लागेको आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा करिब आधा घण्टापछी नियन्त्रणमा आएको उनले जनाए । आगलागीबाट भएको क्षतीको विवरण भने आउन बाँकी रहेको छ ।
तपाइँको प्रतिक्रिया