मकवानपुरबाट ६ किलो सुनसहित एक भारतीय पक्राउ

मकवानपुर – मकवानपुर प्रहरीले ६ किलो २८९ ग्राम, ३५० मिलिग्राम सुनसहित भारत कर्नाटक बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ।काठमाण्डौबाट विरगञ्जतर्फ जाँदै गरेको यात्रु बाेकेकाे रात्रि बसलाई मंगलबार बिहान हेटौंडा-१५ रातोमाटेमा जाँच गर्ने क्रममा अब्दुललाई सुनसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरकाअनुसार अब्दुलले सुन फलामको बेरिङ्गमा लुकाएर ल्याएको अवस्थामा फेला पारेकाे प्रहरीले जनाएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी अब्दुललाई सुनसहित सार्वजनिक गरेको हाे। सुनको नेपाली बजार मूल्य ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार रुपैयाँ रहेको राठौरले बताउनुभयाे । उनीमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रिया