सडक पुग्यो चौकीडाँडा

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २९ को बिकट पहाडी गाउँ जाने पात्लेबास–चौकीडाँडा सडकको सोमबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सडकको उद्घाटन गरिन् । सो अवसरमा उहाँले सडकले बिकट गाउँका बासिन्दालाई सदरमुकाम भरतपुर सहित आँफ्नै वडाको सेवा लिन सहज भएको बताईन् । यस सडकले सो क्षेत्रका ८ सय जना प्रत्यक्ष लाभान्बित हुने उहाँले जानकारी दिईन् ।
कबिलासको चौकीडाँडामा पर्यटकीय दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण गर्ने बताईन् । महानगर क्षेत्रको बिकट पहाडी गाउँमा खानेपानीको व्यवस्था गरिने बताईन् । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य वहादुर गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष मानवहादुर मगर, उपभोक्ता समितिका सचिब सुजन शर्मा लगाएतले बोलेका थिए । शर्माले सडक निर्माण गर्न भरतपुर महानगरबाट रु २० लाख र स्थानीय जनसमुदाय एबं जग्गा धनी संग रु ३१ लाख १८ हजार संकलन गरि सडक निर्माण गरिएको बताए ।
सो सडक पाँच किलोमिटर लामो रहेको छ । नारायणगढ –मुग्लिन सडक खण्डबाट चौकीडाँडा सात किलोमिटर दुरीमा पर्दछ । यस अघिनै दुई किलोमिटर सडक बनिसकेकाले बाँकी पाँच किलोमिटर सडक निर्माण गरिएको शर्माले जानकारी दिए । सो क्षेत्रमा वर्षातको समयमा सडक अबरोध नहोस भन्नका लागि जेसिबि तयारीहालतमा राखिने उनले बताए । सडक, खानेपानी, बिद्युत आपूर्ती संगै सो क्षेत्रमा बिकासले गति लिन थालेको छ ।
तपाइँको प्रतिक्रिया