क्रियाशिल सदस्यता वितरणका काँग्रेस चितवनले बनायो मापदण्ड
चितवन – नेपाली काँग्रेसका क्रियाशिल सदस्यता वितरणका लागी जिल्ला समिति चितवनले मापदण्ड तय गरेको छ । पुरानो तथा नयाँ क्रियाशिल सदस्यका लागी बसोबास रहेको वडा बाहेकको स्थानमा क्रियाशिल सदस्यता नदिने भएको छ ।सम्बन्धीत वडाको बसोवास रहेकालाई मात्रै सोही स्थानमा क्रियाशिल सदस्यता दिने काँग्रेस चितवनले निर्णय गरेको छ ।
जिल्ला सभापति जीतनारायण श्रेष्ठको अध्यक्षमा बसेको बैठकले अनिवार्य नविकरण गर्नुपर्ने प्रावधान बनाएको छ । सोमवार बसेको जिल्ला कार्य समितिको बैठकले यस्तो मापदण्ड तय गरेको हो । मतदाता नामवली नभएको स्थानमा सदस्यता नदिने निर्णय गरेको छ । बैठक वारे जानकारी गराउदै जिल्ला सचिव उत्तम जोशीले बसोबास र घरजग्गा भएको न्यूनतम मापदण्ड तय गरेको बताए ।
काँग्रेसले पुरानो नविनरण र नयाँ सदस्य वितरणमा कडाई गर्न लागेको हो । दलित अल्पसंख्यक र पिछडीएका जातीलाई सदस्यता वितरणमा प्राथमिकतामा राखेको छ । पुरानो सदस्यका लागी नविकरण नगरी फेरी नयाँ लिन नपाउने ब्यवस्था गरिएको जोशीले बताए ।
बैठकले नारायणगढमा रहेको विपी नगर वनलाई भरतपुर आईसल्याण्ड सफारी भैनचर संचालनका लागी वातावरणीय प्रभाव मुल्याङ्कनको प्रकृया थालेको भन्दै विरोध गरेको छ । विपीको नाम हटाएर नगरवन मात्रै राखिएको भन्दै त्यसलाई सच्चाउन भरतपुर महानगरपालिकासंग आग्रह गरेको छ ।
गत माघ सात गतेको महानगरपालिकाको बैठकले नगरवनमा मनोरञ्जन पार्क निमार्णका वातावरणीय प्रभाव मुल्याङ्कन गर्न सम्बन्धीत मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । उक्त निर्णयको क्रममा विपीको नाम नरहेको भन्दै आपत्ती जनाएको छ । त्यस्तै विपीको नाम जोडीएको वनमा कुनै छलफल नगरेको भन्दै काँग्रेसले आपत्ती जनाएको छ । त्यस्तै बैठकले फोरम लोकतान्त्रिकसंगको एकिकरणपछि मनोनित भएका जिल्ला , क्षेत्रका पदाधीकारी तथा सदस्यलाई समायोजन गरेको छ । उक्त बैठकले दिल्लीमा उपचाररत जिल्ला सदस्य कमला श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेको छ ।
तपाइँको प्रतिक्रिया