लागु औषधसहित पुर्वी चितवनबाट दुई युवक पक्राउ

चितवन – लागु औषधसहित पुर्वी चितवनबाट दुई युवक पक्राउ परेका छन् । पुर्वी चितवनको कालिका नगरपालिका ५ का सुवास श्रेष्ठ र सोही स्थानका देवान मगरलाई आज (सोमबार) अवैध लागु औषधसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ।
श्रेष्ठको कुखुराको खोरमा सिरिन्ज हानिरहेको अवस्थामा प्रहरी चौकी पदमपुरबाट गस्तिमा निस्किएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको साथबाट डाईजेपाम ५५ इम्पुल ,फेनरागन १२९ एम्पुल र नुरफिन ४९ एम्पुल बरामत गरिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया