थरुहट थरुवान मोर्चाद्वारा भोली र पर्सी बन्दको घोषणा

चितवन – थरुहट थरुवान राष्ट्रिय मोर्चाले फाल्गुन २० र २१ गते सशक्त आम हड्तालको घोषणा गरेको छ । मोर्चाले भोली (मंगलबार) र पर्सी (बुधबार) दुई दिन थरुहट भुगोलका सबै जिल्लामा हड्ताल र चक्का जाम गर्ने भएको हो । हड्तालको चितवनमा भने खास्सै प्रभाव नपर्ने देखिन्छ ।
मोर्चाले एक विज्ञप्ती जारी गर्दै उक्त २ दिन कलकारखाना, उद्योगधन्दा, ब्यापार ब्यवसाय, शिक्षण संस्था लगाय सवारी तथा ढुवानीका सबै यातायात ठप्प बनाउँने मोर्चाको घोषणा हो ।
सम्बन्धित क्षेत्रलाई पत्र नै पठाए उक्त दिन बन्द गरिदिन मोर्चाले आग्रह गरिसकेको छ । यो आम हड्ताललाई शसक्त बनाउने मोर्चाले अपिल समेत गरेको छ । उनीहरुले आदीबासी थारु, थरुहट विरोधी संविधानका विभेदकारी धाराहरुको संशोधन, बजेट थारु मैत्रि हुनु पर्ने, सरकारसँग परिणामुखी बार्ता गरेर आफूहरुको माग पुरा गराउने, संघर्ष समितिका संयोजक धनिराम चौधरीसहित ११८ जनामाथि लगाईएको मुद्दा निशर्त खारेज गर्नु पर्ने लगायतका माग राख्दै आएका छन् ।
वि.सं. २०७२ साल भदौ ८ गते कैलालीको टिकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने उनीहरुको मुख्य माग छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले विनाकारण थुनामा रहेका प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहितका व्यक्तिलाई तत्काल थुना मुक्त गरेर संविधानको सम्मान गर्नसमेत सरकारलाई आग्रह गरेका छन् ।
थारुले उक्त घटनाको छानविनका लागि गठित समितिको र आयोगको प्रतिवेदनसहित यथार्थ अवस्था सार्वजनिक गर्न माग गरेका छन् । उनले लाल आयोग र देविराम शर्माको प्रतिवेदन तत्काल सार्वजनिक गर्नसमेत माग गरे । घटनाका दोषीलाई तत्काल कारवाशी गर्नुपर्ने उनले बताए ।
तपाइँको प्रतिक्रिया