चितवन – ईलाका प्रहरी कार्यालय भण्डारा चितवनले ११ किलो अवैध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी हवलदार विश्वनाथ यादवको कमाण्डमा खटिएको गस्ती टोलीले पुर्वी चितवनको राप्ती नगरपालिका ११ बेलडाँडाबाट ११ किलो गाँजासहित एक युवकलाई आज (सोमबार) अपरान्ह सवा ४ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने बर्ष २७ का राम बहादुर थिङ रहेका छन् । उनलाई बोरा बोकेर हिडिरहेको अवस्थामा शंका लागेर चेज जाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका थिङमाथि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।


