नागरिकलाई सरकारको आग्रह : विदेश भ्रमणमा नजानुस्

काठमाडौं – सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी जारी गरेको हो ।
सरकारले विदेश भ्रमणमा जोड नदिन देशबासीलाई अपिल गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । उनकाअनुसार कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा भने अत्यावश्यक काममा बाहेक नजान नै आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया