बुद्धिमायाँको संघर्षः श्रमिक देखि सफल उद्यमी सम्म
सूर्यप्रसाद अधिकारी, फागुन १०, चितवन । १५, १६ बर्षको कलिलो उमेरमा २० जनाको समुहमा ज्यालामा उन कात्ने गरेकी उनले आफूले अहिले ४८ जनालाई काम लगाएर मनग्ये आम्दानी गर्छु भन्ने कहिल्यै सोचेकी थिइनन । तर धेरै बर्षको अथक प्रयास र मेहनतले आज उनले नसोचेको सपना पुरा गर्न सफल भएकी छिन । त्यतिबेला आफूले सिकेको सीप र राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको हरियो वनले ल्याएको कार्यक्रमले आज उनको दैनिकी फेरिएसंँगै व्यस्तता झनै बढेको छ । यही कार्यक्रमनै उनको जिन्दगीको टर्निङ पोइन्ट बन्यो । हाल उनको प्रशिक्षण केन्द्रमा गलैंचा, हस्तकलाका सामान ,गलैंचा ,गिफ्ट आइटम, कोठाका सजावटका सामान, सौन्दर्यका सामानहरु राखिएका छन । त्यो पनि महिला उद्यमीले हातबाटै बनाईएका ।
यी हुन कालिका नगरपालिका वडा नम्बर २ पदमपुरकी बिएम हस्तकला प्रशिक्षण केन्द्रकी सञ्चालिका एवं अध्यक्ष बुद्धिमाया तामाङ । उनले अहिले आफूमात्र उद्यमी बनेकी छैनन आफ्नो गाउंँकी सयौ जनालाई रोजगारी दिएकी छिन । उनका अनुसार अहिले पनि ऊन कात्ने काममा २ सय जना बढी महिला र गलैंचा बुन्ने काममा ४८ जनाले रोजगारी पाएका छन । तर उनलाई यहांँसम्म आउन भने निकै नै संर्घष गर्नु परेको छ ।
विरगंज को त्यो गाउंँ, मध्यमस्तरको परिवार जेनतेनले घरमा गुजारा चल्ने गर्दथ्यो । परिस्थितिले उनलाई सानै उमेरमा चितवन आउन बाध्य बनायो । अनि आफन्तको घरमा बसेर उनले स्कुले जीवन प्रारम्भ गरिन । तर ७, ८ क्लास पुग्दानै उनको प्रेमसम्बन्ध भयो संँगै पढ्ने साथी संँग । ‘बिहेगर्दा मेरो उमेर १४ बर्षको उमेर थियो ।’उनी भन्छिन । घरको अवस्थापनि उस्तै नाजुक , सम्पतिको नाउंँमा बस्ने घरमात्र अन्य आम्दानीको बाटोनै थिएन । श्रीमान पनि सानै उमेर,रोजगारी केही थिएन । घरमा बृद्ध सासु ससुरा हेर्ने जिम्मेबारीपनि बुद्धिमायांँकै काँधमा पर्यो ।
उत्त गाउंँमा त्यतिबेला एक नीजि संस्थाले महिलाहरुका लागि ऊन कात्ने काम दिने गथ्र्यो । आम्दानीको आशमा भौतारिरहेकी उनी पनि त्यही जाने निधो गरिन । ऊन कात्ने काम जति बढी कातेर दियो उति पैसा । कैहिले उनले दैनिक दुईसय , कहिले चारपांँचसय सम्म थाप्ने गथिैन , तर यसले उनको घरखर्च चलाउन मुश्किललनै पथ्र्यो । उनले थप मेहनत गर्दै गइन । अरु साथीभन्दा उनी फरक स्वभाव र केही पैसा बचाउनु पर्छ भन्ने बिचारकी थिइन । उनले नजिकैको सहकारीमा समेत बचेको पैसा जम्मा गर्दै गइन ।
केही बर्षपछि भने त्यो नीजि संस्थाले ऊन कात्न दिने काम पनि बन्द गर्यो । उनलाई छटपटि हुनेनै भयो । त्यतिकैमा नजिकैको सहकारीमा उनले उनको काम निरन्तरता दिने बिषय उठान गरिन । सहकारीमा सदस्य रहेकी उनलाई महिलालाई रोजगारी दिने बिषयमा सहमत त भयो, तर लगानी दिने बिषयमा भने सहकारीले इन्कार गर्यो । तर उनले हिम्मत हारिनन । साथीभाई आफन्त छरछिमेकमा, र आफूसंँग भएको ३ लाख पैसा जम्मा गरेर कच्चाा ऊन काठमाडौबाट मगाउन शुरु गरिन ।
‘पहिला मैले ३ लाख जम्मा गरेर ऊन दिने कम्पनी काठमडौंमा पैसा डिपोजिट गरे, उनले भनिन, पछि यसलाई बढाएर ५ लाख पुरयाएंँ । अहिले २० लाख सम्म उधारो ऊन दिन्छ ।’ उनले त्यहांँबाट ल्याएको ऊन गाउंँभरिका महिलालाई कात्ने काम दिन थालिन । यसबाट सबै महिला हरु खुशी हुनेनै भए । कामले गति लिन थाल्यो । ‘त्यसपछि मैले प्रशिक्षण केन्द्रनै राखेर , अन्यलाई पनि सिकाउन थाले ।’ उनले सुनाईन । उनको यो उद्यमशिलता सुनेर राष्ट्रिय प्रकृति संरक्षण कोषले सहयोग गर्ने निर्णय गरयो । यसको संयोजकको जिम्मेवारीमा उनीनै चयन भइन । पहिलोपटक कोषले ६ लाख रुपैयांँ तान बुन्ने हस्तकला मेशीन उपलब्ध गरायो गलैचां बुन्नको लागि । त्यसपछि उनको काम सँगै जिम्मेवारी पनि थपियो । ऊन कात्नेले ऊन कात्ने , गलैचा बुन्नेले गलैचा बुन्ने ।
यसअघि त्यहाँका कतिपय महिलाहरुले गलैचा बुन्ने, घरायसी हस्तकलाका सामान बनाउने प्रशिक्षण लिने गरेका थिए । त्यसपछि उनले ती महिलाहरुले तयार पारेको गलैंचा संकलन गर्न थालिन र काठमाडौंमा बेच्न शुरु गरिन । हाल उनले कम्तीमा महिनामा २०, २५ क्वीन्टल गलैंचा पठाउने बताउंँछिन । उनी र उनका श्रीमानले पनि गलैंचा फूर्सदको समय गलैचा बुन्ने गर्दछन । यसमा उनका श्रीमानले साथ दिदै आएका छन । व्यवसाय फष्टाउंँदै गएपछि उनले आफ्नो श्रीमानलाई बिदेशबाट फर्काएकी हुन । उनले व्यवसायिक रुपमा ६ बर्ष अगाडी यो काम शुरु गरेकी भएपनि यसलाई विस्तार गर्दै लगेकी छिन । प्रकृति संरक्षणकोषले पनि प्रत्येक बर्ष आर्थिक सहयोग गर्दै पनि आएको छ । उनको कामको प्रशंसा गर्दै उनले विभिन्न ठाउंँबाट सम्मान र पुरस्कृत भइसकेको बताउंँछिन । लगानी र समयले साथ दिए आफ्नो प्रशिक्षण केन्द्रलाई अन्य ठाउंँमा विस्तार गर्ने उनको योजना छ ।
आफ्नो संस्था, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्व कार्यालय एवं स्थानीय तहमा दर्ता गरेकी छिन । मासिक १ लाखसम्म मुनाफा गर्ने उनले आफैले हस्तकलाका सामान सिधा विदेश पठाउने खरिदकर्ता भए धेरै नाफा कमाउने विश्वास व्यक्त गर्छिन । उनले विगत केही बर्षदेखि छुटाएको पढाइलाई निरन्तरता दिएकी छिन । ’अहिले म १२ को परीक्षा दिने तयारीमा छु ’उनले भनिन। सफल उद्यमी बन्न शिक्षाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ’ उनले थपिन , यसले आत्मविश्वास बढाउंँदो रहेछ ।’
व्यवसायको आम्दानीले पर्सा जिल्लामा केही जमीन र चितवनमा पनि जग्गा जोड्न सफल उनले व्यवसायको आम्दानी यसमै लगानी गरेको बताउंँछिन । ‘अहिले मेरो जति आम्दानी हुन्छ यसैमा लगानी थपेको छु । उनले भनिन त्यस्तै ३०, ४० लाखको लगानी होला ।’ मैले विपन्न र बेचबिखनमा परेका महिला दिदी बहिनीहरुको लागि तालिम दिएर आय आर्जन गरुन भन्ने उद्धेश्य हो, अहिले त्यतातिर पनि मेरो फोकस छ ।’ भविष्यमा यस व्यवसायलाई विस्तार गर्दै सफल उद्यमीको रुपमा स्थापित हुने उनको धोको रहेको सुनाउंँछिन ।
तपाइँको प्रतिक्रिया